देउवाको कार्यशैलीप्रति खुसी छैनन् शशांक

काठमाडौं— नेपाली कांग्रेसका सांसद डा.शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको पार्टीगत कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी सभापतिकाे कामकारबाही चित्त बुझ्दो नभएको बताए ।
उनले भने,‘अधिवेशनबाट शेरबहादुरजीलाई सभापति बनाएको हो । उहाँको कार्यकालमा सहयोग गर्नुपर्छ ? विरोध मैले नै गर्न थालेँ भने के हुन्छ ? उहाँले राम्रो काम गर्नुभएन भनेर जुन टिकाटिप्पणी आइरहेका छन्, गगन थापा लगायतका व्यक्तिले बोल्नुभएको छ, त्यो सत्य हो ।’
प्रकाशित मिति: सोमबार, असार २५, २०८० १९:२८