स्पष्टीकरण
मेरो भाषा प्रधानमन्त्रीको रूपमा जसरी बोल्नुपर्थ्यो त्यसरी भएन : प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक विमोचनका क्रममा आफूले प्रयोग गरेको भाषा उपयुक्त नभएको स्वीकार गरेका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा आफ्नो अभिव्यक्तिप्रति स्पष्टीकरण दिँदै उनले प्रधानमन्त्रीको रूपमा जसरी बोल्नुपर्थ्यो त्यसरी नभएको महसुस गरेको बताए ।
उनले उक्त अभिव्यक्ति प्रधानमन्त्रीको रूपमा नभइ बिरामी छोरीको बाबुको रूपमा दिएको पनि उल्लेख गरेका थिए ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८० १७:५०