मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्दिन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो ‘अन्तरआत्मा’ले भन्यो भने एक मिनेट पनि पदमा नबस्ने बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा आफ्नो अभिव्यक्तिका कारण मागिएको राजीनामाको विषयमा स्पष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले कसैले माग्दैमा राजीनामा नदिने बताए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
सांसद लिङ्देनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंले भनेर त म गर्न सक्दिन । मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्दिन ।’
उनले यसअघिका दुई कार्यकालमा आफूले नैतिकताको आधारमा राजीनामा दिएको पनि जिकिर गरे ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८० १७:२७