प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक दाउपेचका लागि दुई दिनपछि मिडियामा ल्याइयो : राज्यमन्त्री सिर्पाली

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक दाउपेच बनाएर समाज निर्माण हुन नसक्ने बताएकी छन् ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहमा उनले असार १८ गते दिएको अभिव्यक्तिलाई दुई दिनपछि सञ्चारमाध्यममा ल्याउने र राजनीतिक दाउपेच बनाउने काम भएको आरोप लगाइन् ।
अहिले कतै न कतै नेपालको राजनीति कलंकित बनिरहेको उनको भनाइ छ । उनले राजनीतिलाई सफा र पारदर्शी बनाउनका लागि सहमति जुट्न नसकेको बताइन् ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८० १२:४१