News Griha :: न्यूजगृह
पुष्पलालको योगदानलाई युवा पंक्तिमा पुर्‍याउन आवश्यक : अध्यक्ष नेपाल
फाइल तस्बिर ।

काठमाडौं— पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठको योगदानलाई युवा पंक्तिमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् । 

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहमा उनले पुष्पलाललाई नेपालको राजनीतिमा शिखर व्यक्तित्वको रूपमा स्मरण गरे । 

उनले कम्युनिस्ट आन्दोलनको जन्मदाता, सुरुवातकर्ता, संस्थापक मात्रै नभइ पुष्पलाल नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व भएको बताए । 

अध्यक्ष नेपालले कांग्रेस र कम्युनिस्ट नमिलेसम्म निरङ्कुश सत्तालाई फाल्न सकिँदैन भन्ने कुरा पुष्पलालले धेरै पहिला भनेअनुसार नै पछि आएर पञ्चायती व्यवस्था ढालेको उल्लेख गरे । 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १२:०३
Weather Update