विद्यालयलाई केन्द्रको यस्तो निर्देशन [पत्रसहित]
![विद्यालयलाई केन्द्रको यस्तो निर्देशन [पत्रसहित]](https://newsgriha.com/uploads/posts/edu-manabsrot-teachers1684985605.jpg)
काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयलाई साउन १५ गतेभित्र विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।
असार १५ गतेभित्र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक नभएका विद्यालयलाई सो निर्देशन दिइएको हो ।
केन्द्रले सबै स्थानीय तहलाई पत्र पठाउँदै स्थानीय तहले निर्धारण गरेको शर्त र मापदण्ड पूरा गरी विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।
केन्द्रले उक्त अवधिभित्र अद्यावधिक भएका विद्यालयको विवरण पनि सार्वजनिक गरेको छ ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८० ०६:५०