अध्यागमनले विमानस्थलमै रोक्यो जोर्डन जान लागेका १५ जनालाई, कागजातमा शंका

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार साँझ जोर्डन जान लागेका १५ जना रोकिएका छन् ।
उनीहरूको कागजात अध्ययन गर्दा केही शंकास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ । जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला छन् ।
विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शंकास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले रोकेको जानकारी दिए ।
उनले भने,‘उक्त विषयमा अध्ययन हुँदैछ । भोलि सोमबार छलफलका लागि बोलाएका छौँ । व्यवसायीहरू पनि आउनुहोला अनि उपयुक्त निर्णय हुनेछ ।’
उनका अनुसार आधिकारिकरूपमा श्रम स्वीकृति नदेखिएको पाइएको छ । उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, असार २४, २०८० २१:४९