News Griha :: न्यूजगृह
विद्यालय कर्मचारी र सरकारबीचको वार्तामा के भयो ?

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति, कर्मचारी युनियन र कर्मचारी संघ संयुक्त विद्यालय कर्मचारी आन्दोलन–२०८० र नेपाल सरकारबीच आइतबार सिंहदरबारमा बसेको तेस्रो बैठक सकिएको छ ।

तलब, सेवासुविधा र पेसागत स्थायित्वको माग गर्दै एक महिना बढीदेखि काठमाडौंमा विद्यालय कर्मचारीले आन्दोलन गरिरहेका छन् ।

आज आइतबारको बैठकमा कर्मचारीका मागका विषय सरकारी वार्ता टोलीले प्रतिवेदन तयार गरेको छ ।

प्रतिवेदनमाथि विद्यालय कर्मचारीको वार्ता टोलीले रायसुझाव दिएको विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका महासचिव शान्तिनाथ योगीले न्यूजगृहलाई जानकारी दिए । उनी भन्छन्,‘हाम्रा मागका विषयमा सरकारी वार्ता टोलीले प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनमाथि हामीले रायसुझाव दिएका छौं ।’

अर्थ मन्त्रालयसहिले उक्त प्रतिवेदन अध्ययन गरेर केही दिनमा विद्यालय कर्मचारीलाई वार्तामार्फत जानकारी गराउने छ ।

महासचिव योगी भन्छन्,‘चित्तबुझ्दो जवाफ आएन भने आन्दोन जारी नै रहन्छ । कडा आन्दोलन हुन्छ । यसको जिम्मा राज्यले लिनुपर्छ ।’

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १९:२५
Weather Update