News Griha :: न्यूजगृह
‘संसद् अवरोध गरेर एमालेले विश्व रेकर्ड राख्छ’

काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोधको विश्व रेकर्ड कायम गर्न लागेको बताएका छन् ।

आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले प्रमुख प्रतिपक्ष दल एमालेले संसद् अवरोधमा विश्व रेकर्ड कायम गर्न लागेको बताएका हुन् ।

उनले एमाले नेपालको सन्दर्भमा सबैभन्दा धेरै संसद् अवरोध गर्ने पार्टीको रुपमा स्थापित भइसकेको भन्दै साना कुरामा पनि अवरोध गरेर विश्व रेकर्ड कायम गर्न लागेको बताए ।

Lekhanath-Dahal-cpn-maoist1685976405.jpg
सांसद लेखनाथ दाहाल

उनले संसद् अवरोध गर्ने संस्कारको अन्त्य गर्दै नीति निर्माण र बहसको थलोको रुपमा स्थापिन गराउनुपर्ने बताए ।

दाहाल भन्छन्,‘मलाई लाग्छ नेकपा एमालेले त नेपालको सन्दर्भमा त सबभन्दा धेरै सदन अवरुद्ध गर्ने पार्टी भनेर स्थापित छँदैछ । विश्व रेकर्ड नै कायम गर्लाजस्तो छ । साना साना विषयमा पनि सदन अवरुद्ध गर्ने जुन संस्कारजस्तो बनेको छ यसलाई अन्त्य गर्नुपर्छ । यो बहसको थलो हो । नीति निर्माणको थलो हो । अवरोधको थलो होइन ।’ 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १९:०१
Weather Update