News Griha :: न्यूजगृह
मिटरब्याज पीडितको घेरामा गृहमन्त्री 

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मिटरब्याज पीडितले घेरेका छन् ।

आइतबार नयाँ बानेश्वरस्थित मिटरब्याज पीडितको धर्नास्थलमा पुगेर सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले कुनै हालतमा मिटरब्याज पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाए ।

‘विधेयक संसदमा छ, अस्वीकार भएको होइन । विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाइने छ,’उनले भने ‘ढुक्कसँग घरमा गएर आयोगको प्रक्रियामा जानुहोला । विधेयक पारित गर्ने काम हामी गर्छौं ।’

अध्यादेश आउनुभन्दा अगाडि नै सरकारले आयोग बनाएको र त्यसले काम गरिरहेकाले भन्दै उनले ढुक्क हुन पीडितलाई आग्रह गरे ।

अनुचित लेनदेनसम्बन्धी अध्यादेश जारी भएको ६० दिनभित्र प्रतिस्थापन गर्न बनेको विधेयक संसद्ले पास नगरेपछि निष्क्रिय भएसँगै मिटरब्याज पीडितले संसद् भवन अगाडि धर्ना दिनएका छन् ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १८:४७
Weather Update