News Griha :: न्यूजगृह
प्रचण्ड, ओली र देउवा फेरि भेट्दै 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संसद्को अवरोध खुलाउने विषयमा फेरि छलफल हुने भएको छ ।

तीन नेताबीच बिहान सिंहदरबारमा भेट भएको थियो । प्रधानमन्त्री प्रचण्डको सचिवालयले आइतबार बिहान भएको तीन नेताको सहमति कार्यान्वयनका सन्दर्भमा पुनः भेट गर्ने तय भएपनि समय तय नभएको जनाएको छ । एमाले अध्यक्ष ओलीको सचिवालयले पनि शीर्ष नेताबीच आइतबार साँझ भेट्ने कि भोलि बिहान टुंगो लाग्न बाँकी रहेको जनाएको छ । 

पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले लगातार सदन अवरुद्ध गर्दै आएको छ । प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागसमेत उसको  छ ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १७:१६
Weather Update