News Griha :: न्यूजगृह
फेरी आन्दोलनमा उत्रे मिटरब्याज पीडित, दोष एमालेलाई

काठमाडौं—  मिटरब्याजविरूद्धको संघर्ष समिति नेपालले कानून पारित गराउन माग गर्दै संघीय संसद् भवन घेराउ गरेको छ ।

संघर्ष समितिमा आवद्धले आइतबार बानेश्वरस्थित संघीय संसद् भवन अगाडि मिटरब्याजविरूद्ध कानून छिटो बनाउन माग गर्दै दबाब दिएका हुन् । 

उक्त विरोध कार्यक्रममा बोल्दै मिटरब्याजविरूद्धको संघर्ष समिति नेपालका संयोजक मनोजकुमार पासवानले नेकपा एमालेले गर्दा यस्तो समस्या भोग्नु आरोप लगाए ।

manoj Kumar Paswan1688893705.png
मनोज कुमार पासवान

‘यो जनताको लागि पक्कै हो भने यो पारित हुनुपर्छ । यो पारित भएन भने हामी बुझ्छौँ की, एमाले हाम्रो विपक्षमा खडा भएको छ,’ उनले भने । 

सरकारले मिटरब्याजविरूद्ध अध्यादेश ल्याए पनि संसद्को दुवै सदनबाट प्रतिस्थापन विधेयक ६० दिनभित्र पारित नहुँदा निष्क्रिय भएको थियो । 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १४:५१
Weather Update