बैठक
प्रतिनिधि सभाको बैठक ३ बजेलाई सर्यो

काठमाडौं— प्रतिनिधि सभा बैठक दुई घन्टापछि सरेको छ।
आइतबार दिउँसो १ बजेलाई तय गरिएको बैठक ३ बजेलाई सरेको सभामुख देवराज घिमिरेका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। प्रतिनिधि सभाको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताको बैठक बसेको थियो।
बैठकपछि प्रधानमन्त्री प्रचण्डले दुई घन्टा बैठक सार्न आग्रह गरेको प्रेस संयोजक अधिकारीले जानकारी दिए। गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको बारेमा लेखिएको पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिले प्रमुख प्रतिपक्षी एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।
उसले प्रधानमन्त्रीको राजिनामासमेत माग गरेको छ । प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने एमालेको अडान छ ।
प्रकाशित मिति: आइतबार, असार २४, २०८० १२:५९