कोशी प्रदेशका तीन मन्त्रीले लिए शपथ

विराटनगर— कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार तीन मन्त्रीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा मन्त्री जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीलाई सपथ गराएका हुन् । मन्त्री आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कार्की र खत्रीको जिम्मेवारी भने पछि तोकिनेछ ।
यसअघि गत शुक्रबार मन्त्री बन्नुभएका कमलप्रसाद जबेगु र प्रदीपकुमारको जिम्मेवारी पनि पछि तोकिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार २४, २०८० १२:३१