राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं— प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको आइतबारको बैठक स्थगित भएको छ ।
गत असार १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरोध गर्दै आएको छ ।
आज पनि सोही नियति दोहोरिएपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोलि सोमबार बिहान ११ बजेर १ मिनेटसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, असार २४, २०८० १२:२६