News Griha :: न्यूजगृह
आजपनि एमालेले सदन चल्न नदिने 

काठमाडौं— नेकपा एमालेले आज पनि संघीय संसद्का दुवै सदन अवरुद्ध गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर गत बुधबारबाट नेकपा एमालेले संसद् अवरोध गर्दै उनको राजीनामा माग्दै आएको एमालेले आइतबारको बैठक पनि अवरुद्ध गर्ने योजना छ ।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको भनेर दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको भन्दै एमालेले त्यसपछि प्रधानमन्त्रीको राजीनामा मागेको हो । प्रतिनिधि सभा बैठक आइतबार १ बजेका लागि बोलाइएको छ ।

त्यस्तै, राष्ट्रिय सभाको बैठक बिहान साढे ११ बजेलाई बोलाइएको छ । एमाले सचेतक महेश बर्तौलाले मुद्दा जस्ताको त्यस्तै रहेकाले आजको बैठक पनि अवरुद्ध हुने बताए । 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ११:३७
Weather Update