News Griha :: न्यूजगृह
कोशी प्रदेशमा प्रचण्डका कान्छा ज्वाइँ पुनः मन्त्री, आज शपथ लिँदै

विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

आज माओवादी केन्द्र र नेपाली कांग्रेसबाट एक/एक जना मन्त्री नियुक्त गर्ने तयारी थापाको छ ।

नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ (गंगा दाहालका श्रीमान्) जीवन आचार्य आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त हुँदैछन् ।

उनले आजै सपथ लिनेछन् । आचार्य माओवादीबाट प्रदेश सांसद हुन् ।

आचार्य नेकपा एमालेका हिक्मत कार्की नेतृत्वको सरकारमा पनि पर्यटन मन्त्री थिए ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०९:२२
Weather Update