News Griha :: न्यूजगृह
यी कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु [सूची]

काठमाडौं— सरकारले २३ निर्माण तथा सप्लायर्स कम्पनीहरूलाई कालो सूचीमा राख्ने तयारी गरेको छ ।

विभिन्न आयोजनामा ढिलासुस्ती र सन्तोषजनक काम नगर्ने कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्न प्रक्रिया सुरु गरेको हो ।

सम्बन्धित निकायबाट कालो सूचीमा राख्न सिफारिसमा भएका कम्पनीहरूलाई २० दिनको म्याद दिएर स्पष्टीकरण माग गर्दा सम्पर्कमा नआएपछि कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको हो ।

अनुगमन कार्यालयले पुनः सूचना जारी गर्दै सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अल्टिमेटम दिएको छ ।

सूची

black-list1688872202.jpg

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०८:५४
Weather Update