News Griha :: न्यूजगृह
तामाङ परम्पराअनुसार गायक रोविनको अन्त्येष्टि गरिँदै

काठमाडौं— मंगलबार आफ्नै निवासमा मृत फेला परेका गायक तथा अभिनेता रोविन तामाङको आज अन्त्येष्टि गरिँदै छ ।

तामाङ परम्पराअनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने उनको परिवारले जानकारी दिएको छ ।

त्यसअघि अन्तिम श्रद्धाञ्जलिका लागि रोविनको पार्थिव शरीरलाई बिहान नक्शालस्थित संगीत तथा नाट्य एकेडेमी नक्शालमा राखिने छ ।

रोविनका दुई छोरीहरु छन् । उनीहरु फ्रान्समा बसोबास गर्ने भएकाले नेपाल आइपुग्न समय लागेकाले आज अन्त्येष्टि गर्न लागिएको हो ।

मंगलबार बेलुका तामाङ बूढानीलकण्ठस्थित निवासमा मृत भेटिएका थिए ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०७:४१
Weather Update