कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं— कोशी सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ ।
निवर्तमान मुख्यमन्त्रीसमेत रहेका कोशी प्रदेश नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बिहीबार संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै शुक्रबार रिट दर्ता गराएका थिए ।
कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त भई सपथ समेत लिइसकेका छन् । थापाको नियुक्तिविरुद्ध कार्की सर्वोच्चमा पुगेका हुन् । उक्त रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, कोशी प्रदेश र प्रदेशका सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएकाे छ ।
प्रकाशित मिति: आइतबार, असार २४, २०८० ०६:४२