News Griha :: न्यूजगृह
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
फाइल तस्बिर ।

मुग्लिन— नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । शनिबार दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको छ ।

अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले जानकारी दिए । पहिरो पन्छाइ सडक सञ्चालन गर्न समय लाग्ने उनले बताए । 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १७:४९
Weather Update