News Griha :: न्यूजगृह
मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छः सभापति लामिछाने

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन्  ।

बिरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरूलाईमंगलबार भेट्दै उनले सरकारले तत्काल मिटरब्याज पीडितहरूको समस्या समाधान गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘मिटब्याजको समस्या पहिलो प्राथमिकतामा राख्नुपर्छ र रातारात समस्या समाधान गर्नुपर्छ । राज्यले उहाँहरूलाई राम्रोसँग बस्ने सुविधा दिनुपर्छ । उहाँहरूलाई सुरक्षित बनाउनुपर्छ । उहाँहरूको माग तुरुन्त समाधान गर्नुपर्छ ।’ 
पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताए । उनले आफ्नो पार्टी पीडितहरूको साथमा सदैव रहेको पनि बताए ।

सभापति लामिछानेले मिटरब्याजको समस्यालाई राजनीतिकरण गर्नु नहुने बताए । उनले मिटरब्याज पीडितहरूको मुद्दामा टेकेर आफ्नो पार्टीले राजनीतिको रोटी नसक्ने भन्दै वास्तविक पीडितहरूको समस्या समाधान गर्ने बताए ।

लामिछानेले सरकारले आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई पहिलो प्राथमिकतामा नराखेसम्म समस्याको समाधान हुन नसक्ने स्पष्ट पारे । 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १०:३०
Weather Update