
काठमाडौं— काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षासम्बन्धी सूचना प्रकाशन गरेको छ ।
महानगरपालिले महानगरपालिकाअन्तर्गत सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा सञ्चालनको मिति सार्वजनिक गरेको हो ।
अनलाइन आवेदन फाराम भर्नको लागि असार २८ गते विहान १० बजेदेखि साउन १२ गते बेलुका ५ बजे सम्मको समय तोकिएको छ ।
छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुने मिति साउन २० गते विहान ११ बजेदेखि तोकिएको छ ।
परीक्षामा सोधिने प्रश्न विषय र क्षेत्रसम्बन्धित माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित सय वटा बहुवैकल्पिक हुने पनि महानगरपालिकाले जानकारी गराएको छ ।
विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्रसम्बन्धी अन्य विवरण भने पछि प्रकाशन हुने जानकारी गराइएको छ ।