News Griha :: न्यूजगृह
समाजवादी मोर्चाको पहिलो बैठक बस्दै

काठमाडौं— चार दल आबद्ध समाजवादी मोर्चाको पहिलो बैठक आज बस्ने भएको छ । असार ४ गते निर्माण भएको मोर्चाको पहिलो बैठक बस्न लागेको हो ।

बैठक मोर्चामा आबद्ध नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बस्नेछ ।

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा रहेका छन् ।

बैठकमा समसामयिक राजनीति, पार्टी एकता, अन्य दललाई पनि मोर्चामा आबद्ध गराउने विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ०९:०८
Weather Update