News Griha :: न्यूजगृह
रुसको बारुद कारखानामा विष्फोट

मस्को— मध्य रुसी क्षेत्र समारामा रहेको बारुद कारखानामा भएको विष्फोटमा परी छ जनाको मृत्यु हुनाका साथै अन्य दुई जना घाइते भएका छन् ।

रुसी समाचार एजेन्सीहरूका अनुसार चपाएभास्क शहरको प्रमिश्तेञ्ज प्लान्टमा विस्फोट हुँदा दुई जना घाइते भएकामा छ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

आरआईए नोवोस्ती समाचार एजेन्सीले उपकरणको मर्मतसम्भारका क्रममा उक्त विष्फोट भएको जनाएकाे छ ।

११२ वर्ष पुरानो उक्त कारखाना तत्कालीन सोभियत सङ्घ र रुसका निम्ति अत्यावश्यक पर्ने  विष्फोटक पदार्थ उत्पादन गर्ने मुख्य कारखाना हो ।

भूमि उत्खनन, ग्यास आपूर्ति र सडक निर्माणलगायत कार्यमा आवश्यक पर्ने औद्योगिक विष्फोटक पदार्थ बनाउने उक्त कारखानामा एक हजार तीन सय कामदार रहेका बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १८:०९
Weather Update