घुस लिने वडाध्यक्ष र सचिवविरुद्ध मुद्दा दायर

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको नगराइन नगरपालिका– २ का वडाध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सडक निर्माणकार्य सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग ७० हजार रुपैयाँ घुस लिएको अभियोगमा आयोगले शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
उनीहरु घुस रकमसहित केही दिन पहिले पक्राउ परेका हुन् । आयोगले उनीहरूविरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८० १७:४१