News Griha :: न्यूजगृह
१४ बुँदे प्रतिबद्धता पारित गर्दै कांग्रेस सभापतिहरूको भेला सकियो

काठमाडौं—  नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला ‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’ बनाउने १४ बुँदे प्रतिबद्धता पारित गर्दै सकिएको छ ।

भेलामा पार्टी सभापतिहरुले उठाएका विषयहरू केन्द्रीय समिति बैठकमा उठाउने प्रतिबद्धता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेका छन् ।

पार्टीसँग सरकारका मन्त्रीको समन्वय नभएको, बजेटमा विभेद गरिएको, भ्रातृ संस्था लाई पूर्णता दिने क्रममा जिल्ला सभापतिहरुलाई बेवास्ता गरिएको, गुटको राजनीतिले पार्टी समस्यामा रहेको असन्तुष्टि सभापतिहरुले राखेका थिए । 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १७:०९
Weather Update