टंगालमा मिटरब्याजपीडितको प्रदर्शन

काठमाडौं— मिटरब्याजपीडितले काठमाडौंको टंगालमा प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरूलाई प्रहरीले रोकेपछि उनीहरूले टंगालमै प्रदर्शन गरेका हुन् ।
उनीहरूले न्याय माग्दै नाराबाजी गरेका छन् ।
पीडितहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटेर समस्या समाधान गर्न सहयोग गर्ने वचन दिएका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ ०८:४४













