News Griha :: न्यूजगृह
ललिता निवास जग्गा प्रकरण सरकारको स्टण्टबाजी मात्रै : एमाले अध्यक्ष ओली 
फाइल तस्बिर ।

काठमाडौं—  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ललिता निवास जग्गा प्रकरणको छानबिनलाई स्टण्टबाजीको संज्ञा दिएका छन्  ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कहिलेबाट जफत गरिएका जमिन काङ्ग्रेसीहरूलाई फिर्ता गर्न थालियो ? सरकारले प्रष्ट पार्नुपर्ने बताए । 

उनले भने ‘ललिता निवास प्रकरणमा जग्गाको छानबिन जुन भनिएको छ त्यो आफू हिरो बन्ने स्टण्ट मात्र हो । यसमा यो गठबन्धनकै मान्छे पर्ने हुन् । हाम्रो पार्टीको एउटा कसैको छोराले जमिन किनेको थियो, धनीपुर्जा हेरेर किन्यो होला, सबै प्रक्रिया पुर्यायो होला उ चाँहि प्रमुख दोषी भन्न खोजियो यस्ता कुराको कुनै अर्थ छैन । अहिले फुर्ति गरिरहेका छन् सरकारमा गठबन्धनमा बस्नेहरू । बालुवाटार प्रकरण ललिता निवास प्रकरण भनेर यसको छानविन गरौँ । जो जो दोषी छ सबैलाई कारवाही गरौँ । ललिता निवासको दोषी को को हुन् ? कहिलेबाट जफत गरिएका जमिन काङ्ग्रेसीहरूलाई फिर्ता गर्न थालियो ? सरकारले प्रष्ट पारोस् । जे कुरामा पनि नेकपा एमालेलाई दोष लगाउने चेष्टा गर्ने । ’ 

ओलीले यस्ता प्रकरणमा जो जो दोषी छन् कारबाही हुनुपर्ने र गठबन्धनका नेताहरू नै यसमा पर्न सक्ने आशंका व्यक्त गरे ।  

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १६:१८
Weather Update