News Griha :: न्यूजगृह
सत्ता पक्षले जहाँ भन्छ त्यहीँ भेट्न तयार छौं : अध्यक्ष ओली 
फाइल तस्बिर ।

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले जहाँ भन्छ आफूहरू त्यहीँ भेट्न तयार भएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष अ‍ोलीले आफूहरूले सत्तापक्षले मसल देखाएर मसल ठट्टाएर संसद्मा भेटौला भने चुनौती दिएको बताए । सत्ता पक्ष समाधान नभइ द्वन्द्व बढाउने खेलमा लागेको आरोप पनि लगाए । 

उनले भने, ‘उनीहरूले हामीलाई  मसल देखाएर मसल ठटाएर आह्वान गरे पार्लियामेन्टमा भेटौला आउ भनेर, अब प्रतिपक्षले भेट भनेपछि भेट्न त परिहाल्यो । ठीक छ के को लागि पार्लियामेन्टमा सामना गरौला भन्नु भयो । उहाँहरूले वार्ता गरौँ, समस्याको समाधान गरौँला भन्नु भएन सामना गरौँला भन्नु भयो । प्रतिपक्षको तर्फबाट म मसिनो स्वरमा भन्न चाहन्छु सत्तापक्षले पार्लियामेन्टमा मात्र हैन जहाँ भन्छ त्यहाँ हामी तयार छौं । स्पट तोकेर बोलाए हुन्छ ’ 

अध्यक्ष ओलीले यसपटक पुष्पकमल दाहाल प्रचण्डले नयाँदिल्लीमा गएर गोप्य मन्त्रणा गरेको जिकिर गर्दै आफू कसैलाई पनि गोप्यरूपमा भेट्ने नगरेको र भेट्दा देश हितमा मात्र कुरा गर्ने गरेको दाबी गरे ।  

उनले भने, ‘जे कुरामा पनि नेकपा एमालेलाई दोष लगाउने चेष्टा गर्ने । भारतबाट रअका प्रमुख नेपाल आए मसँग भेट्छु भने नेपाल आएर भेट्छु भनेपछि मैले भेट दिए । कुनै गोप्य होइन सार्वजनिक ढंगले भेटेँ । कुरा गरे । यसपटक प्रचण्डजी दिल्ली जानुभयो उनको निवासमा गएर लुकेर भेट गरेर गोप्य मन्त्रणा गरेर आउनुभयो । मैले गोप्य भेट गरेको होइन वहाँ गएर उनको निवासमा भेटेको होइन । मलाई भेट्न आएको ठाउँमा भेटेको हुँ ।’ 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १५:४३
Weather Update