News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं— शुक्रबारका लागि तय प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो। नेकपा एमालेले बैठक सञ्चालन गर्न नमानेपछि शुक्रबारको प्रतिनिधि सभा बैठक पनि स्थगित गरिएको हो। कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भन्दै दिएको अभिव्यक्तिको विरोधमा सदन अवरुद्ध गर्दै आएको छ।

एमालेकै अडानका कारण आजको राष्ट्रिय सभा बैठक पनि स्थगित भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक असार २४ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।  त्यस्तै, राष्ट्रियसभाको अर्को बैठक पनि असार २४ गते बोलाइएको छ। 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १५:२६
Weather Update