
काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वमा नै नभएको संविधान मिच्ने उत्ताउलो काम नेपालमा भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा उनले नागरिकता विधेयक प्रमाणीकरणको मामिलामा गम्भीर संवैधानिक गल्ती गरिएको बताए ।
‘यो विद्येयक प्रमाणीकरण गरिदिनु पर्यो भनेर मन्त्रिपरिषद्ले राष्ट्रपति कहाँ विद्येयक प्रमाणीकरण गर्न पठाउँदैन पठाउने सभामुखले हो । अहिलेको संसद्लाई थाहा छैन । अहिलेको सभामुखलाई थाहा छैन । अहिलेका कुनै संसद्लाई थाहा छैन । तर मन्त्रिपरिषद्बाट विद्येयक प्रमाणीकरण गरि पाउँ भनेर विश्वको इतिहासमा कहीँ पनि हुँदैन,’ उनले भने, ‘यति असंवैधानिक उत्ताउलो काम दुनियाँमा कही पनि भएको छैन नेपालमा भयो । सम्माननीय राष्ट्रपति जी संविधान मिच्न उत्ताउलिएर अगाडि सार्नु भो । उहाँले सत्ताको पक्षपोषण गर्नु भयो । यो दुःखद कुरा हो । सत्ताको पक्ष लिनलाई राष्ट्रपतिले संविधान मिच्नु भो ।’