News Griha :: न्यूजगृह
कोशी सरकारविरुद्ध एमाले सर्वोच्चमा 

काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्च पुगेको छ ।

संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीत भएको एमालेको दाबी छ । एमाले कोशीका प्रमुख सचेत रेवतीरमण भण्डारी रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् । रिट दर्ताको प्रक्रियामा छ । 

संविधानको धारा १६८ को उपधारा २ मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ ।  थापा चार दलको समर्थनमा बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।

उनले  बहुमत नपुग्ने भएपछि सभामुख बाबुराम गौतमको अलग्गै हस्ताक्षर गरेर प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । 

 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १४:१६
Weather Update