
काठमाडौं— ललिता निवास जग्गा प्रकरणका दोषीहरू विभिन्न उपाय लगाएर उम्किएको भन्दै खबरदारी गरिएको छ ।
माइतीघरमा खबरदारी सभामा सहभागीहरूले ललिता निवासको जग्गा प्रकरणका दोषीमाथि कारवाही हुनुपर्ने माग गरेका हुन् । जग्गा खाने माफियाहरू कानूनी क्षिद्र प्रयोग गरी उम्किएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
खबरदारी सभालाई सम्बोधन गर्दै वरिष्ठ अभिवक्ता विष्णु भट्टराईले राज्य संयन्त्रकै मानिसले सरकारी जग्गा खानु दुखद भन्दै चर्को आलोचना गरे ।
उनले भने ‘अहिले पार्टी प्रधानमन्त्री भएका मान्छेहरू झापा जिल्लामा मोही थिए । र त्यही जग्गाको मोही भएकोले अहिले अरबौँको जलहरी चढाउने प्रधानमन्त्री भएका छन् । अब त्यही ऐन अन्तर्गत ललिता निवास प्रधानमन्त्री निवास बेचेर खाने राज्य प्रणाली बेचेर खाने सरकार हामीले भोग्नु परेको छ। ’

देशको सम्प्रभुता अखण्डता स्वाधीनता भन्दा ठुलो अदालत नहुने उनको भनाई छ । उनले देशमा ठुलो परिवर्तन गरे पनि देहको सम्प्रभुता प्रितम सिंह मार्फत नागरिकता विधेयक मार्फत दिल्लीमा बेचेको आरोप लगाए ।