News Griha :: न्यूजगृह
बाहिर कहाँ के चलिरहेको छ, हामीलाई थाहा भएन तर सरकार ढल्दैन : प्रवक्ता शर्मा
फाइल तस्बिर ।

काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छन । 

काठमाडौंमा शुक्रबार आयोजित अन्तरक्रियामा सरकारका प्रवक्ता शर्माले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको स्पष्ट पारिन् ।

‘सरकारलाई जनताको पूर्ण समर्थन छ । भ्रष्टाचारविरुद्धका कदमका कारणले पनि जनताको मर्म बुझेर सरकार काम गरिरहेको अनुभूति भएको छ । सत्तागठबन्धन यो सरकारको पक्षमा कटिबद्ध छ र सरकार दृढतापूर्वक आफ्ना कदम चाल्दैछ,’ मन्त्री शर्माले भनिन, ‘बाहिर कहाँ के चलिरहेको छ, हामीलाई थाहा भएन । सरकार पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न पछि पर्ने छैन । राम्रो काम गर्दागर्दै सरकार ढल्छ भने पनि हामीलाई आपत्ति छैन ।’ 

संसद्मा विपक्षी दलले असान्दर्भिक विषयवस्तु उछालेर गतिरोध गरेकामा उनले आपत्ति जनाइन् । सदनको गतिरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिन ल्याइएको प्रतिस्थापन विधेयक जस्ता महत्त्वपूर्ण र संवेदनशील विषयलाई अघि बढाउन नपाइएको मन्त्री शर्माले  बताइन्  ।

 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १२:३५
Weather Update