राष्ट्रिय सभा बैठकमा विद्युतीय व्यापार विधेयकमाथि छलफल गर्ने कार्यसूची
काठमाडौं— संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक साढे १२ बजे बस्ने भएको छ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक–२०८०’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
विनियोजन विधेयक–२०८० का विभिन्न शिर्षकहरूमध्ये गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शिर्षकहरूमाथिको छलफल हुने सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८० ०९:०५