कांग्रेस जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दै

काठमाडौं— नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दैछ ।
पार्टी मुख्यालय सानेपामा बिहीबारदेखि सुरु भएको बैठक शुक्रबार पनि बस्न लागेको हो ।
बैठक ११ बजेदेखि सुरु हुने बताइएको छ । बैठकमा ४२ जिल्ला सभापति र १८ जिल्लाबाट प्रतिनिधि सहभागी छन् ।
बिहीबार २६ जना जिल्ला सभापतिहरूले जिल्ला पार्टीको गतिविधि र समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राखेका थिए ।
बाँकी जिल्ला सभापतिहरूले धारणा राखेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोल्नेछन् ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८० ०८:४९