News Griha :: न्यूजगृह
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले शपथ लिँदै

मोरङ— नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शुक्रबार प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बिहान साढे ८ बजे मुख्यमन्त्रीकाे शपथ लिन प्रदेश प्रमुखबाट समय प्राप्त भएकाे बताए ।

मुख्यमन्त्री थापाले ४—५ सदस्यीय मन्त्रीमण्डल बनाउने तयारी गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार नियुक्त गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०८:०९
Weather Update