विद्यार्थी भर्ना अवधि १५ दिन राख्न र विवरण पठाउन शिक्षण संस्थालाई महानगरकाे निर्देशन

काठमाडौं— काठमाडौं महानगरपालिकाले दुर्गम भेगका विद्यार्थीलाई लक्षित गरी कक्षा ११ मा भर्ना गर्ने म्याद कम्तीमा १५ दिन कायम गर्न शिक्षण संस्थालाई निर्देशन दिएको छ ।
महानगरपालिकाले एक सूचना जारी गर्दै विगतमा सबै शिक्षण संस्थाले छोटो अवधिको भर्ना समय राख्ने गरेको हुँदा दुर्गमका विद्यार्थी भर्ना हुने अवसरबाट वञ्चित हुने गरेको हुँदा १५ दिन भर्नाका लागि समय राख्न निर्देशन दिएको हो ।
असार मसान्तभित्र कक्षा ११ मा भर्ना भएका विद्यार्थीको विवरण पठाउन काठमाडौं महानगरपालिकाले सबै शिक्षण संस्थालाई निर्देशन दिएको छ ।
यस्तो छ सूचना

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८० ०७:५२













