News Griha :: न्यूजगृह
बोर्डले भन्यो—एसईईको प्रमाणपत्रमा नाम, थर र जन्ममिति ६ महिनाभित्रमा सच्याउन सकिन्छ

काठमाडौं— माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाणपत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डले बिहीबार एसईईको परीक्षाफल सार्वजनिक गरेको थियो ।

‘उमेर, नाम, जात सच्याउने नियमहरू–२०१७’ अनुसार विद्यार्थीले प्रमाणपत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष निवेदन दिनुपर्नेछ ।

प्रमुख जिल्ला अधिकारीले फैसला पर्चा र सिफारिस गरेको आधारमा मात्रै बोर्डले नाम, थर र जन्ममिति सच्याउन मिल्छ । यदि छ महिना ढिला भएको अवस्थामा सीडीओले पनि फैसला पर्चा बनाउन नमिल्ने नियमले उल्लेख गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको भनाइमा अहिलेको अवस्थामा प्रमाणपत्र पाएको ६ महिनाभित्र मात्रै सच्याउन सकिने अवस्था छ ।

seeresult2079--1688639125.jpg

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०७:०६
Weather Update