News Griha :: न्यूजगृह
कोशी प्रदेश सरकार असंवैधानिक भएको बाबुरामको टिप्पणी

काठमाडौं— पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले कोशी प्रदेशमा बिहीबार बनेको नयाँ सरकार असंवैधानिक भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष डा.भट्टराईले हिजो केपी शर्मा ओलीले संविधानविपरीत गरे भनेर संयुक्त आन्दोलन गरेकाहरूले नै कोशी प्रदेशमा लोकतन्त्रविरोधी हर्कत गरेको ट्वीटरमार्फत बताए । उनले जो अगुवा उसैले यस्तो हर्कत कसरी गर्न सकिन्छ भनेर प्रश्नसमेत गरेका छन् ।

‘हिजो केपी ओलीले संविधान विपरीत काम गरे भनेर हामीले संयुक्त आन्दोलन गर्‍यौं । अदालत र जनताले पनि साथ दिएर हामीले प्रतिगमन रोकियो भन्यौं !’, डा.भट्टराईले लेखेका छन्, ‘आज तिनै साथीहरू नै एकपछि अर्को संविधान र लोकतन्त्रविरोधी हर्कत गर्दै जाने हो भने अब संविधान र लोकतन्त्रको रक्षा कसले गर्छ ? १ नं प्रदेशको हर्कतलाई कसरी जायज ठहर्‍याउन सकिन्छ ? जो अगुवा उही...?’

कोशीमा एमालेका हिक्मत कार्कीको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि बिहीबार सभामुख बाबुराम गौतमकोसमेत समर्थनमा नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन् । 

 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०६:२३
Weather Update