News Griha :: न्यूजगृह
बालेनको प्रश्न— भारतीय गुलामहरूले देश चलाउँदैछ र म मात्र विरोधमा ?

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकारमा दिल्लीको आदेश मान्ने सांसदहरूको बहुमत रहेको भन्दै आक्रोश पोखेका छन् ।

मेयर साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डभन्दा उनलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि शंका लागेको बिहीबार साँझ फेसबुकमार्फत बताएका हुन् ।

साहले देश भारतीय गुलामहरूले चलाइरहेको आरोपसमेत लगाएका छन् । उनको प्रश्न छ,‘भारतीय गुलामहरूले देश चलाउँदैछ र म मात्र विरोधमा ? र म मात्र अदालतको अबहेलनामा ? सबै जना मरेका लाशहरू हुन् ?’


 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  २१:५६
Weather Update