News Griha :: न्यूजगृह
कोशीका नवनियुक्त मुख्यमन्त्री थापा भन्छन्– गठबन्धनले चार वर्ष सरकार चलाउँछ

विराटनगर— कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले नयाँ सरकार चार वर्ष सञ्चालन हुने बताएका छन् ।

मुख्यमन्त्री पदको नियुक्ति पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नयाँ सरकार आलोपालो नभएर गठबन्धनको नेतृत्वमा चार वर्ष सञ्चालन हुने स्पष्ट पारे ।

मुख्यमन्त्री थापाले प्रदेशको संरचनाअनुसार गठबन्धन दलको सदस्यको सहभागितामा मन्त्रिमण्डल गठन गर्ने बताए । उनले प्रदेशको नामकरण वार्ताको माध्यमबाट निकाश दिने बताए ।

मुख्यमन्त्री थापाले सभामुखले प्रदेश सदस्यको हैसियतमा मुख्यमन्त्रीको पदको दाबीमा हस्ताक्षर गरेको र उनले राजीनामा नदिने स्पष्ट पारे ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  २१:०९
Weather Update