News Griha :: न्यूजगृह
एसईई उत्तीर्ण विद्यार्थीप्रति केपी ओलीको चासो,दिए यस्ता सुझाव

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्टसहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीलाई बधाई दिएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा सार्वजनिक गरेपछि ओलीले फेसबुकमा लेख्दै अबको पढाइमा विषय छनौट गर्दा अहिले प्राप्त गरेको अंकको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिएका हुन् ।

उनले भने, ‘शिक्षामा आफूले छनौट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस् । जीवनका सम्पूर्ण परीक्षा सफल होउन्, उत्तरोत्तर प्रगतिको कामना ।’


 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १८:४०
Weather Update