News Griha :: न्यूजगृह
कोशी प्रदेश मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त, शुक्रबार बिहान शपथ

विराटनगर— कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई बिहीबार नियुक्त गरेका छन् । 

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिएका छन् ।

शुक्रबार बिहान ९ बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १८:०७
Weather Update