संघीय शिक्षा ऐन संसदमा प्रस्तुत भइसकेको छ : प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले संघीय शिक्षा ऐन छिटो पारित गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।
बिहीबार पोखरा विश्वविद्यालयको सिनेट बैठकमा बोल्दै प्रधानमन्त्रीले संघीय शिक्षा ऐन संघीय संसदमा प्रस्तुत भइसकेको बताए ।
उनले भने,‘संघीय शिक्षा ऐन संघीय संसदमा प्रस्तुत भइसकेको छ । यसलाई प्रक्रियामा लगेर छिटो पारित गर्ने हाम्रो कोसिस भइराखेको छ । शिक्षा क्षेत्रसम्बन्धी जति पनि समस्याहरू छन्, त्यसको समाधानका निम्ति ऐन निकै महत्वपूर्ण हुने हामीले विश्वास लिएका छौँ ।’
प्रकाशित मिति: बिहीबार, असार २१, २०८० १७:५८