News Griha :: न्यूजगृह
कोशी प्रदेश : मुख्यमन्त्रीका लागि थापाको दाबी पेस

विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले बुधबार दाबी पेस गरेका छन् । 

उनले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष बिहीबार अपराह्न ४ः५२ को समयमा सो दाबी पेस गरेका हुन् । थापाका लागि नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका चार, जनता समाजवादी पार्टी (जसपा)का एक तथा सभामुख बाबुराम गौतमको पनि समर्थन रहने गरी दाबी पेस भएको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १७:४०
Weather Update