एसईई नतिजा
३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी पाँच प्रतिशतभन्दा कम, धेरैले कति जीपीए ल्याए ?

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २२ हजार ४७५ विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । जुन कुल विद्यार्थी सङ्ख्याको ४.६३ प्रतिशत हो ।
यसैगरी, एसईईमा सबैभन्दा धेरै एक लाख २ हजार २९३ विद्यार्थीले २ देखि २.४० जीपीए ल्याएका छन् । नतिजा बिहीबार सार्वजनिक भएको हो । २०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए । राष्ट्रिय परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८० १६:०८