News Griha :: न्यूजगृह
हर्कसँगको त्यो भेट जसले ५ महिनामै एलिजालाई राजनीतिबाट संन्यास लिन बाध्य पार्‍यो 

काठमाडौं— नागरिक उन्मुक्ति पार्टी महिला विभाग प्रमुख एलिजा गौतमले राजनीतिबाट बिदा लिएकी छन् ।

एलिजा गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । राजनीतिबाट संन्यास लिएको जानकारी उनले फेसबुक पेजमार्फत गराएकी छन् । 

सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा सँगै एलिजाले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कामको प्रशंसासमेत गरेकी छन्  । हाल धरानमा रहेकी एलिजाले लेखेकी छिन्, ‘ उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैँ उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्क जी प्रेरणाको स्रोत हुनुहुन्छ ।’ 

उनले सक्रिय राजनीतिक गर्नेहरूलाई एक पटक धरान पुगेर हर्कको काम हेर्न अनुरोध पनि गरेकी छन् । उनले अब आफ्ना आगामी दिन समाजसेवामा नै सक्रिय हुने बताएकी छन् ।  

 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ११:४७
Weather Update