News Griha :: न्यूजगृह
ललिता निवास प्रकरण : आरोपितको बन्दीप्रत्यक्षीकरणको निवेदन ‘हेर्न नमिल्ने’

काठमाडौं— ललिता निवासको जग्गा अनियमितता प्रकरणमा पक्राउ परेका तीन जनाले सर्वोच्च अदालतमा दिएको बन्दीप्रत्यक्षीकरणको निवेदनमा बिहीबार पनि सुनुवाइ नहुने भएको छ । 

आफूहरूलाई गैरकानूनी रुपमा पक्राउ परेको दाबी गर्दै ललिता निवासको जग्गा अनियमितता प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए । 

उक्त निवेदनको पेशी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा परेको छ । न्यायाधीश रेग्मीले ललिता निवासको जग्गा अनियमितताको मुद्दा हेर्न मिल्दैन । उनी ललिता निवासको जग्गा खरिदबिक्रीमा जोडिएका छन् । 

 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ११:३०
Weather Update